हेटौँडा । हेटौँडा–८, गुम्बाचोकमा बिहीवार बसबाट ओर्लने क्रममा लडेर एकजना महिला घाइते भएकी छिन । बसबाट ओर्लिने क्रममा बारा निजगढ नगरपालिका–११ बस्ने बर्ष अन्दाजी ५० बर्षिया राम कुमारी लामा घाईते भएकी हुन । 

पूर्व पश्चिम सडक खण्डमा विराटनगरबाट नारायणघाट तर्फ जाँदै गरेको ना ८ ख ७२९८ नं. को यात्रु बाहक बसबाट ओर्लिने क्रममा लामा घाईते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । 

घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । उनको दाहिने हातको औलामा चोट लागेको छ भने ढाडमा समेत असर परेको छ । घाइतेको थप उपचारको लागी बि एण्ड बि अस्पताल काठमाण्डाै  रिफर गरिएको प्रहरीले जनाएको छ ।