
हेटाैँडा । सर्वमान्य गणेशमान सिह वन संरक्षण प्रथम पुरस्कारद्वारा सम्मानित हेटाैँडा ६ चाैघडामा रहेकाे रानी सामुदायिक वन उपभोक्ता समूहद्वारा तयार गरिएको दिगो वन सम्वन्धि कार्ययोजनाकाे बारेमा छलफल गरिएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरकाे प्राविधिक सहयाेगमा कार्ययोजना तयार गरिएकाे हाे ।
छलफल कार्यक्रममा वन प्राविधिक राेजन सापकोटाले सहजीकरण गरेका थिए ।
१ सय ३४ हेक्टर क्षेत्रफलमा फैलिएकाे याे सामुदायिक वनक्षेत्रमा साल, चाप, असना, बाेटधाईराे, सिसाै लगायतका विरुवाहरु रहेका छन । समुहले विश्वमा नै लाेपाेन्मुख सालककाे संरक्षण गर्दै आएकाे छ ।
कार्यक्रममा हेटाैडा ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, वडा सदस्य विजय पाैडेल, लेखराज ढकाल , हेटाैडा ६ का निवर्तमान अध्यक्ष अर्जुन प्रसाद चाैलागाई, सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय सदस्य रामहरि चाैलागाई, मकवानपुर अध्यक्ष साधुराम चाैलागाई, डिभिजन वन कार्यालय, मकवानपुरका वन अधिकृत दिपक अधिकारी , सव डिभजन वन कार्यालय, हेटाैडाका वन अधिकृत सविना रिजाल , विभिन्न सामुदायिक वनका अध्यक्ष , कार्यसमिति , लेखा समिति , सल्लाहकार, महिला उपसमिति , कर्मचारी लगायतकाे सहभागीता थियाे ।
कार्यक्रम समूहका अध्यक्ष विष्णुप्रसाद न्याैपानेकाे सभाध्यक्षतामा भएको थियाे ।
प्रतिक्रिया दिनुहोस्