
हेटौँडा । हेटौँडा–६ मा रहेको रक्षादेवी टोल विकास संस्थाको पाँचौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
हेटौँडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष रमेश कुमार बानियाँको सभाध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभामा संस्था अध्यक्ष रमेश कुमार बानियाले संस्थागत प्रतिवेदन, सचिव राजकुमार फुयाँलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष विजय कुमार हुमागाईले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभाको बन्दसत्रले केशव प्रसाद कोईरालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । संस्थाको उपाध्यक्षमा रक्षा थापा, सचिवमा शम्भु बहादुर रिमाल, सहसचिवमा सविना गुरुङ र कोषाध्यक्षमा विजय कुमार हुमागाई चयन भएका छन । यसैगरि सदस्यहरुमा राजेश पौडेल, गोमा खड्का, पवित्रा रुम्वा, सन्जिव अधिकारी, तिलकमाया रुम्वा र देव कुमारी डंगोल रहेका छन ।
नयाँ कार्यसमिति चयन गर्नका लागि हेटौडा उपमहानगरपालिका सामाजिक विकास महाशाखाकी वरिष्ठ सहायक गोमा सिग्देलको संयोजकत्वमा टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष विष्णुप्रसाद ढुङगाना र सञ्चारकर्मी भीमसेन पौडेल सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
साधारणसभामा संस्थालाई विभिन्न क्षेत्रमा सहयोग गर्ने संस्था तथा ब्यक्तिहरुलाई सम्मानित गरेको छ । संस्थाले नमूना टोल बनाउन सहयोग गर्ने हेटौडा उपमहानगपालिका ६ नं. वडा कार्यालय, चौघडा सहकारी, नवजीवन ज्योति क्लव र क्लवका पुर्व अध्यक्ष श्यामप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ । यसैगरि टोलभित्र रहेका एकल महिलालाई नगद सहित सम्मान गरेको छ । संस्थाले अर्णकुमारी दाहाल, लक्ष्मी दुलाल, रुद्रकुमारी सापकोटा, सुनिता सापकोटा र दिलकुमारी पराजुली र उत्कृष्ट सरसफाईमा नारायण प्रसाद देवकोटालाई सम्मान गरिएको थियो ।
साधारणसभामा मकवानपुरगढी–४ का वडा अध्यक्ष सूर्य बहादुर रुम्वा, हेटौडा–६ का वडा सदस्य लेखराज ढकाल, हेटौडा उपमहानगरपालिका सामाजिक विकास महाशाखाका वरिष्ठ सहायक गोमा सिग्देल, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष विष्णुप्रसाद ढुङगाना, भूगोल सदस्य गोमा लामिछाने, गुप्तेश्वरी टोल विकास संस्था अध्यक्ष नानी मायाँ रुम्बा, शान्तिटोल विकास संस्थाका सचिव प्रदिप ढुङगाना लगायतको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्