
हेटाैँडा । डेंगु राेग बढ्दै गएपछि यसकाे राेकथाम र नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने विषयमा चाैघडामा छलफल गरिएकाे छ ।
हेटाैडा हेल्थपाेष्ट , चाैघडाकाे आयाेजनामा छलफल कार्यक्रमकाे आयाेजना गरिएको हाे ।
छलफल कार्यक्रममा हेटाैडा हेल्थपाेष्टका प्रमुख टिएन ढुङ्गेलले डेंगु नियन्त्रण सम्वन्धमा सहजीकरण गरेका थिए ।
ढुङ्गेलले सरसफाइ , जनचेतना, लामखुट्टे बस्ने बासस्थान नष्ट गर्नु पर्ने लगायतका विषयहरुमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा हेटाैडा ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, वडा सदस्य लेखराज ढकाल, मुना विक, टाेल विकास संस्था वडा समन्वय समिति हेटाैडा ६ का अध्यक्ष बासुदेव खतिवडा, सृजना टाेल विकास संस्थाकी अध्यक्ष जीव कुमारी पाैडेल, महिला स्वास्थ स्यमसेविका, सञ्चारकर्मी लगायतकाे सहभागीता थियाे ।
प्रतिक्रिया दिनुहोस्