
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–२ स्थित संगमचोकमा आज शिव ताण्डव नृत्य देखाइने भएको छ ।
संगमचोका दुर्गा भवानीको पूजाआजा चलिरहेको छ । विजया दशमीको अबसरमा दुर्गा पूजा समारोह समिति, हेटौँडा–२ संगमचोकले यहाँ हरेक वर्ष दुर्गा पूजा सम्बन्धि कार्यक्रम हुँदै आएको आयोजक समितिका चन्द्र शाहीले जानकारी दिए । आज साँझ ६ बजे झाँकी कलाकार मनहरी गाउँपालिका–१ मकरी निवासी श्यामसुन्दर बुर्लाकोटीले शिव ताण्डब देखाउने छन् ।
उनले श्रीभद्भागतका नेपालका चर्चित कथा वाचक दिनबन्धु पोख्रेलको सप्ताहमा पनि शिव ताण्डब देखाइसकेका छन् ।
कलाकार बुर्लाकोटीले २०७४ देखि हालसम्म १०० भन्दा माथि कार्यक्रममा शिव ताण्डब देखाइसकेको जानकारी दिए । उनले आफ्नो शरीर र मुखमा अग्नि कला देखाउँदै नृत्य प्रस्तुत गर्ने बताए ।
Visited 76 times, 1 visit(s) today
प्रतिक्रिया दिनुहोस्