
हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–६, फरिवाङमा करेन्ट लागेर एकजना घाइते भएका छन । मकवानपुरको राक्सिराङ गाउँपालिका–५ बस्ने ४२ वर्षीय राज कुमार प्रजा करेन्ट लागेर घाइते भएका हुन ।
नेपाल विद्युत प्राधिकरण हेटौँडा अन्तर्गतको मनहरी फ्युज सेवाको कार्यालयमा कार्यरत प्रजा फरिवाङमा विद्युतको लाइन मर्मत गर्ने क्रममा मङ्गलवार एक्कासि करेन्ट लागेर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
घाइते प्रजालाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवनमा लगिएको छ । उनको छातिमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ ।
Visited 161 times, 1 visit(s) today
प्रतिक्रिया दिनुहोस्