हेटौँडा । मकवानपुरको भिमफेदी गाउँपालिका–१ सुन्दरीमाईमा भिरबाट ढुङ्गा खसेर बसमा लाग्दा बालिका घाइते भएकी छिन । त्रिभुवन राजपथ सडक खण्ड अन्र्तगत मङ्गलवार दिउँसो भिरबाट ढुङ्गा खसेर लाग्दा मकवानपुरगढी–८ बस्ने १२ वर्षीय रिंकु थिङ घाइते भएकी हुन ।

हेटौँडाबाट ईचुङ तर्फ जादै गरेको बा.प्र.०३–००१ ख ३३१० नं. को यात्रु बोकेको स्थानीय रुटमा चल्ने बसमा सवार थिङ बसेको सिटमा अचानक माथि भिरबाट ढुङ्गा खसेर लागेको थियो । बसको अगाडि भागमा ढुङ्गा लाग्दा बालिकाको सिसाले दाहिने हात र पेटमा चोट लागेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

घाइते बालिकाको हेटौँडा अस्पताल उपचार हुन नसकेपछि थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

Visited 387 times, 1 visit(s) today