हेटौंडा । मकवानपुरको मनहरी  गाउँपालिकाले भीमफेदी क्षेत्रीय कारागारमा रहेका कैदीबन्दीलाई दसैं मनाउन खसीका साथै खाद्यान्न सहयोग गरेको छ । बिहिवार  गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले  कारागारमा पुगी  खसी, चिउरा र  तेल  हस्तान्तरण गरेका थिए।

गाउँपालिकाले विगतका वर्षहरुदेखि नै कारागारका कैदीबन्दीलाई हरेक वर्ष दसैंमा खसी र खाद्यान्न सहयोग गर्ने गरेको छ । गाउँपालिकाले दुइटा  खसी, पाँच बोरा चिउरा, सहयोग गरेको थियो ।

कैदीबन्दी जीवन बिताइरहेका मनहरी गाउँपालिकाका बासिन्दाका साथ कारागारमा बस्ने सबैले खुसीयाली साथ चाडपर्व मनाउन पाउन् भन्ने उद्देश्यले खाद्यान्न, खसीलगायत सहयोग  गरेको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताए ।

दुई वटा पुरुष ब्लक र एउटा महिला ब्लक रहेको कारागारमा एक हजार ४४ पुरुष, ४८ महिला कैदीबन्दी र एक जना आश्रित नाबालक छन् । जसमध्ये मकवानपुर स्थायी निवासी २ सय ५८ र त्यसमध्ये पनि  मनहरी  गाउँपालिकाका ३२ पुरुष र दुई महिला रहेको कारागार प्रशासनले बताएको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, मनहरी गाउँपालिका -१ वडाध्यक्ष शिव प्रसाद खनाल, गाउँपालिका-३ वडाध्यक्ष अनन्त प्रकाश खनाल, जैनपुर जेसिज अध्यक्ष रविन ढकाललगायतको उपस्थिति रहेको थियो।

Visited 26 times, 1 visit(s) today