
हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका –७ स्थित प्याङ्चे भिरबाट लडेका पावल प्रजाको उपचारको क्रममा सोमबार मृत्युभएको छ ।
कैलाश गाउँपालिका –२ छ्याङदुङ घरभएका १७ वर्षीय प्रजा मनहरीबाट आफ्नो घर छ्याङदुङतर्फ जानेक्रममा आइतबार राति भिरबाट करिब ५० मिटर तल मनहरी खोलामा लडेर घाइते भएका थिए।
लडेर गम्भीर घाइते भएका प्रजाको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा सोमबार मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रजाको शव नयाँ मेडिकल कलेजमा राखिएको छ ।
यसैबिच मकवानपुरको थाहा नगरपालिका –८ स्थित खानीखोलामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन । भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका –४ बरियागाउँका वर्ष ७५ का सूर्यबहादुर तामाङ बाटो छेउमा मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय पालुङबाट २५ किलोमिटर पश्चिममा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्