हेटौँडा । मकवानपुरको मनहरीमा मङ्सिर १५ गते शनिवारदेखि गोकुल राउत स्मृति खुल्ला नकआउट फुटबल प्रतियोगीता हुने भएको छ । २३ गते सम्म सञ्चालन हुने दोस्रो गोकुल राउत स्मृति खुल्ला नकआउट फुटबल प्रतियोगीताको तयारी पुरा भएको शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।

एफ.सी मनहरीको आयोजना तथा खेलकुद विकास समिति मनहरीको समन्वय र रेवा इन्टर नेशनल एकेडेमीको प्रायोजनमा मनहरी–७ रमौलीमा रहेको प्रस्तावित मदन भण्डारी क्षेत्रीय रंगशालामा खेल मैदानमा सञ्चालन हुने छ । पत्रकार सम्मेलनमा बोल्दै एफ.सि मनहरीका अध्यक्ष आसिस गुरुङले प्रतियोगीतामा १२ टिमको सहभागीता रहने जानकारी दिए ।

प्रतियोगिताको विजेताले एकलाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिनेछ । पत्रकार सम्मेलन कार्यक्रममा खेलकुद विकास समिति मनहरीका अध्यक्ष बिरु लामा, स्वर्गिय राउतका पिता लगाएतको उपस्तीथी रहेको मनहरीबाट पत्रकार जयराम मोक्तानले जानकारी दिए ।