हेटौँडा । ३० औँ जनयुद्ध दिवसको अवसरमा हेटौँडामा आयोजित पाँच किलोमिटरको खुला दौड प्रतियोगितामा ओखलढुङ्गाका टङ्कबहादुर कार्की प्रथम भएका छन ।

उनले १५ मिनेट ५२ सेकेन्डमा उक्त दूरी पार गरे । खोटाङका गजेन्द्र राईले १५ मिनेट ५३ सेकेन्डमा दूरी पार गर्दै द्वितीय र १६ मिनेट २ सेकेन्डमा दुरी पार गर्दै सिन्धुपाल्चोकका राज तामाङ तृतीय हुन सफल भए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद १५ हजार, १० हजार र पाँच हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

पूर्वजनमुक्ति सेना नेपाल मकवानपुरले आयोजनामा भएको खुल्ला दौड हेटौँडाको बुद्ध चोकबाट सुरु भएको थियो । प्रतियोगिताका विजयी धावकहरूलाई माओवादीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तान, बागमती प्रदेश सचिवाल सदस्य सर्केश घलान, माओवादी जिल्ला इन्चार्ज विजय गौतम, जिल्ला सचिव बिर बहादुर घलान ज्वाला, माओवादी केन्द्र मकवानपुरका फ्याक्सन इन्चार्ज ललित घलान, पूर्व जनमुक्ति सेना नेपाल मकवानपुरका अध्यक्ष सुमन पाख्रिन, वाइसिएल नेपाल मकवानपुर इन्चार्ज कमल अर्याल, अखिल क्रान्तिकारी मकवानपुर अध्यक्ष बुद्धराज अर्याल लगायतकाले लगायतले पुरस्कार वितरण गरेका थिए । दौड प्रतियोगितामा १७० जनाले सहभागिता जनाएका थिए ।

Visited 39 times, 1 visit(s) today