हेटौँडा । पशु सेवा कार्यालय हेटौँडा मकवानपुरले समीक्षा तथा योजना तर्जुमा गोष्ठीको आयोजना गरेको छ । सरोकारवाला निकायहरुको उपस्थितीमा मङ्गलवार समीक्षा कार्यक्रम गरिएको हो ।

कैलाश गाउँपालिका अध्यक्ष लोक बहादुर मुक्तानको प्रमुख आतिथ्यता एवम् पशु सेवा कार्यालय मकवानपुरका कार्यालय प्रमुख डा.बज्र किशोर ठाकुरको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, जिल्ला प्रशासन कार्यालय मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कडेल, जिल्ला समन्वय अधिकारी शान्ति विक, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौँडाका निर्देशक डा.गौरीमान श्रेष्ठ लगायतकाले बोल्नुभएको थियो ।

कार्यक्रममा बाख्रा, बङ्गुर, कुखुरा पालक तथा दुध उत्पादक सरोकारवाला निकायका प्रतिनिधिहरुले आ–आफ्ना बिषय राखेका थिए । पशु विकास अधिकृत मदन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा पशु चिकित्सक डा.विजय पौडेल, अधिकृत छैठौँ देवराज पराजुली लगायतकाको सहभागिता रहेको थियो ।

Visited 24 times, 1 visit(s) today