काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले यही फागुन १८ गतेदेखि आज २१ गतेसम्म बिक्री खुला गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) शुक्रबार बाँडफाँट हुने भएको छ ।

शुक्रबार बिहान १० बजे आफ्नै कार्यालय बालुवाटार, काठमाडौंमा एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

उक्त कम्पनीको एफपीओमा १८ लाख ८२ हजार ४ सय २२ जनाको आवेदन परेको छ । आवेदन दिने अन्तिम समय आज साँझ ५ बजेसम्म २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताका लागि आवेदन परेको थियो ।

लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रूपियाँ​ बराबरको प्रतिशेयर १०० अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्काशन गरेको थियो ।

उक्त कम्पनीको एफपीओ १९ हजार ५ सय ७४ जनाले १०–१० कित्ता र भाग्यमानी ३ जनाले ११–११ कित्ताका दरले पाउने छन् ।

एफपीओ निष्कासनपश्चात् लघुवित्तको चुक्ता पुँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रूपियाँ पुग्नेछ । अहिले सो कम्पनीको शेयर मूल्य रु. १ हजार माथि छ ।

Visited 11 times, 1 visit(s) today