
हेटाैँडा । मकवानपुर प्रहरीले लागूऔषध नाइट्राभेटसहित हेटौंडाबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका २ बस्ने २६ वर्षका राजेश तामाङ र कास्कीको पोखरा महानगरपालिका १९ बस्ने २० वर्षीय निर्मल ढुंगेल रहेका छन् ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१५ रातोमाटेमा पथलैयाबाट हेटौंडातर्फ आउादै गरेको ग १२ प ४९७८ नम्बरको मोटरसाइकल चेकिङको क्रममा ५६९ ट्याब्लेट लागूऔषध नाइट्राभेटसहित उनीहरु पक्राउ परेका हुन् ।
शंकाको आधारमा मोटरसाइकल चेकिङ गर्दा लुकाएर ल्याएको अवस्थाको ५६९ ट्याब्लेट नाइट्राभेट फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
पक्राउ परेका तामाङ र ढुंगेललाई जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्