हेटौँडा । विकास निर्माणको कार्यमा जनसहभागिता हुँदा अपनत्व हुने हेटौँडा उपमहानगरपालिका ४ नं. वडाध्यक्ष नवीन सिग्देलले बताए । भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकुद, धार्मिक पर्यटन, भाषा साँकृतिको प्रवद्र्वन, वातावरण संरक्षण र सामाजिक क्षेत्रलाई वडाले प्राथमिकता दिएर काम गरिहेको उनले बताए ।

बागमती प्रदेशको राजधानी हेटौँडा र हेटौँडाको पनि राजधानी ४ नं. वडा भएको उनले विश्लेषण गरे । वडा कार्यालयले गरेको कार्यप्रति सन्तुष्ट रहेको र थप कार्यहरू अगाडि बढाउन सुझाव दिएका छन् । उहाँहरूले विकासलाई चौतर्फी अगाडि बढाउन साथ र सहयोग रहने प्रतिबद्वता जनाए ।

वडा सदस्य गीता त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदीप कोईराला, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्रकुमार बस्ताकोटी, २६ वटा टोल विकास संस्था मध्ये शनिवार भएको वडा कार्यालले गरेको कामको समीक्षा र आगामी गर्नुपर्ने कामको सुझाव संकलन भेलामा ९ वटा टोल विकास संस्थाका अध्यक्ष निरू अर्याल सुवेदी (गर्दाेही), शान्ति बराल (लक्ष्मी), गणेश श्रेष्ठ (चिल्ड्रेन पार्क), गंगा अर्याल (चिसापानी), राजु अर्याल (हरियाली), सुदर्शन ढकाल (प्रतिभानगर), स्वेता कोईराला (प्रजातान्त्रिक), आशा विष्ट (बीरेन्द्र नगर) र सुन्दर न्यौपाने (श्रद्वानगर) सहित टोलबासीहरूको उपस्थिति रहेको थियो । अन्य टोल विकास विकास संस्थाको भेला बैशाख २९ गते हुने वडा सचिव रामप्रसाद गुरागाईँले जानकारी दिए ।