हेटाैँडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका ७ स्थित हर्दामा वञ्जर जमिनमा सिँचाइ सुविधा उपलब्ध भएसँगै स्थानीयमा खुशीयाली छाएको छ। कोदो र मकै खेती मात्र हुँदै आएको वञ्जर जग्गामा सिँचाइ सुविधाको पहुँच पुगेसँगै तरकारी खेतीसम्म हुने भएपछि स्थानीयमा खुशीयाली छाएको हो ।

स्थानीय सीतामाया लोप्चन वञ्जर जमिन छ, आकाशको पानीमा भर पर्नुपर्छ आकासबाट पानी पर्दा केही अन्नबाली हुन्छ र आकाशबाट समयमा पानी नपर्दा बेसाउनुको विकल्प नभएको बताए।

“जमिनदेखि हाल्नुभयो, सिँचाइ सुविधाको अभावमा समस्या थियो,” उनले भने, “सिँचाइ सुविधाको अभावमा वर्षाको आकाशे पानीले एक बालीसम्म भित्रन्थ्यो, त्यसैमा भर पर्नुपर्ने अवस्था थियो ।”

यस्तै स्थानीय तोत्र बोलखेले चैत, वैशाखमा लगाएको मकै पानी नपर्दा जमरा लागिसकेपछि सुकेर र डढेर जाने गरेको बताए। आकासको पानीमा भर्नु पर्ने अवस्था थियो हर्दा खहरे टोल वोरिङ सिँचाइ उपभोक्ता समितिका अध्यक्षसमेत रहनुभएका बोलखेले भने, सिँचाइ सुविधाको अभावमा हिउँदे बालीको कल्पना पनि गर्न सकिँदैन थियो, उर्वर भूमि हो तर पानीको अभावमा खाद्यान्न मात्र होइन घरयासी प्रयोगका लागि तरकारी समेत उब्जाउ गर्ने अवस्था थिएन ।

तर अब बागमती प्रदेश सरकारको भूमिगत जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, चितवनमार्फत हर्दा खहरे टोल वोरिङ सिँचाइ योजना निर्माण भएसँगै अब स्थानीयले तीन बाली भित्र्याउन सक्ने भएका छन् ।

स्थानीय उपभोक्ताको करिब तीन लाखसहित ३६ लाख ११ हजार ३९१ हजार रुपियाँको लागतमा हर्दा खहरे टोल वोरिङ सिँचाइ योजना निर्माण सम्पन्न भएको हो । सीतामायाले भने, अब सिँचाइ सुविधा उपलब्ध भएसँगै स्थानीयको दैनिकी नै फरिने भयो, कृषि र पशुपालनबाट आयआर्जन गर्ने बाटो पनि खुल्यो । नाम खहरे बस्ती भएपनि पानी हुँदा उर्वर भूमि हो भन्दै बोलखेले सिँचाइ सुविधा उपलब्ध भएसँगै अब स्थानीयले खाद्यान्न बालीदेखि तरकारी र नगदे बालीबाट आम्दानी लिने दिन आएको बताए ।उक्त सिँचाइ योजनाको संविधान सभाका सदस्य एवं पूर्व संघीय जलश्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय डिना र बागमती प्रदेशको खानेपानी, सिँचाइ तथा उर्जामन्त्री श्यामबहादुर खड्काले संयुक्त रुपमा बुधबार उद्घाटन गरे ।

कार्यक्रममा गाउँपालिका पूर्व अध्यक्ष दामोदर खनाल, नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुली, बकैया गाउँपालिका ७ का वडाध्यक्ष मानबहादुर सिन्तानले सिँचाइ सुविधा उपलब्ध भएसँगै स्थानीयलाई उत्पादन र आयआर्जनमा जोड्न सहज हुने बताए । गाेरखापत्रबाट

Visited 114 times, 1 visit(s) today