
हेटौंडा । पानीसँगै आएको हावाहुरीले मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिको एक विद्यालय र एक घरको जस्तापाताको छाना उडाएको छ ।
राक्सिराङ गाउँपालिका–९ तेन्सुराङस्थित तेन्सुराङ प्राथमिक विद्यालयको दुई कोठे भवनको जस्तापाताको छाना शुक्रबार बेलुका पानीसँगै आएको हावाहुरीले उडाएको ईलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।
जस्तापातासँगै छानामा ठोकिएका काठका भाटाहरुसमेत हावाहुरीले उडाएको छ । यसैगरी राक्सिराङ गाउँपालिका–५ चैनपुरस्थित विमला बलको घरमा छाएको जस्तापाताको छाना हावाहुरीले उडाएको छ ।
शुक्रबार बेलुका मकवानपुरको विभिन्न क्षेत्रमा पानीसँगै आएको हावाहुरीले रुखहरु ढालेको थियो ।
Visited 121 times, 1 visit(s) today
प्रतिक्रिया दिनुहोस्