हेटौँडा । मकवानपुर भीमफेदी गाउँपालिका –१ टौवासमा खोलाले बगाएर एक युवकको मृत्यु भएको छ । वीरगन्जबाट विद्युतीय गाडी लिएर शनिबार घुम्न समूहमा आएकामध्ये वीरगञ्ज महानगरपालिका –५ का पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा उहाँको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दिउँसो १५ः१५ बजेको समयमा वनभोज खाई रमाइलो गरिरहेको अवस्थामा समूहमा आएका चार–पाँच जना टौवास खोलामा नुहाइ खोला तर्नेक्रममा खोलामा पानीको बहाब बढ्न जाँदा अन्दाजी वर्ष ५० को शर्मालाई खोलाले करिब चारसय मिटर तल बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।












प्रतिक्रिया दिनुहोस्