काठमाडौं । सोमबार शेयर बजार उच्च अंकले घटेको छ । समग्रमा बजार घटे पनि १० अर्ब बढीको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २७.९०अंकले घटेको हो । ०.९७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २८२२.४६ अंकमा झरेको छ ।

आज म्युचुअल फण्ड ०.३२ र अन्य समूह ०.२६ प्रतिशतले बढे भने बाँकी अरु समूह राताम्मे भए ।

बजारमा तीन सय २४ कम्पनीको  २ करोड ५० लाख ९२ हजार ४ सय ९० कित्ता शेयर किनबेच हुँदा १० अर्ब २१ करोड १ लाख ४२ हजार ३ सय ८.४४ रुपियाँ बराबरको कारोबार भएको छ ।

रिभर फल्स पावर लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९९ प्रतिशतले नाफा कमाउँदा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.६४ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ५३ करोड ८८ लाख ६० हजार ९ सय ५७.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन हिजो गाइजात्रा पर्वको सार्वजनिक बिदाका कारण शेयर कारोबार बजार बन्द रहेको थियो ।