हेटौँडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका–६ बेलबोट शुक्रवार दिउँसो करेन्ट लागेर काभ्रे महाभारत गाउँपालिका बस्ने २१ वर्षीय आयुष लामा घाइते भएका छन् ।
भित्री सडक खण्डमा बेलबोबाट काठ लोड गरी हेटौँडा आउँदै गरेको बा.प्र.०३–००१ ख २१६७ नं.को ट्रकको छतमा बसेर घर घरमा लगेको विद्युतको तार पन्छाउँदै अगाडी बढ्ने क्रममा एक्कासि ११ हजार भोल्टको तारमा छोई करेन्ट लाग्दा लामा घाइते भएका हुन् ।
करेन्ट लागेर लामा ट्रकमाथिबाट तल सडकमा खसेर घाइते भएको बागमती प्रदेश प्रहरीले जनाएको छ । उनको मकवानपुर सहकारी अस्पतालमामा उपचार भइरहेको छ । घाइतेको दुवै खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको अस्थायी प्रहरी पोस्ट गरगरेले जानकारी दिएको छ । ट्रक र ट्रक चालक (साहु) हेटौँडा–५ बस्ने ४० वर्षीय रमेश प्रसाद चौहानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया दिनुहोस्