हेटाैँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ ।
मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाका उम्मेदवार प्रकाश गौतमले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारी दर्ताका क्रममा टाकाराज थापा प्रस्तावक र ध्रुवबहादुर विष्ट समर्थक रहेका छन् ।
त्यसैगरी, मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट रास्वपाका उम्मेदवार प्रशान्त उप्रेतीले उम्मेदवारी दर्ता गराएका छन् । उप्रेतीको प्रस्तावकमा सञ्जिव पाठक र समर्थकमा शान्ति थापा विडारी रहेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया तीव्र बन्दै जाँदा मकवानपुरमा विभिन्न दलका उम्मेदवारहरू चुनावी मैदानमा उत्रिँदै गएका छन् ।












प्रतिक्रिया दिनुहोस्