
हेटौंडा । घरायसी विवादका क्रममा श्रीमतिको कुटाईबाट श्रीमानको ज्यान गएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ जम्बोमा मंगलवार साँझ श्रीमतीको कुटाईबाट श्रीमानको ज्यान गएको हो ।
घरायसी विवादका क्रममा ४१ बर्षीय अनिता विकको कुटाइबाट श्रीमान ४३ बर्षीय मित्र लाल सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
श्रीमतीको कुटाईबाट घाइते सुनारको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जनाइएको छ । अनिता विकलाई भने मकवानपुर प्रहरीले नियन्त्रणमा लिइसकेको जनाइएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Visited 108 times, 1 visit(s) today
प्रतिक्रिया दिनुहोस्