हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेर संचारक्षेत्रमा काम गरिरहेका गोबिन्द न्यौपाने (जि न्यौपाने) राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित भएका छन् ।

मकवानपुरमा रहेर दुई दशकभन्दा लामो समयदेखि सक्रिय भई पत्रकारितामा रहेर काम गरिरहेका प्रेस मन्च मकवानपुरका सह–संयोजक न्यौपाने शनिबार विशेष समारोहका बीच राष्ट्रपति भण्डारीबाट सम्मानित भएका हुन् ।

राष्ट्रिय ख्रिष्टियन महासंघद्धारा आयोजना गरेको कार्यक्रममा पत्रकारिता क्षेत्रबाट पु¥याएको योग्दानका लागि राष्ट्रपति भण्डारीबाट सम्मानित गरिएको हो ।