हेटौंडा । मकवानपुरको मनहरीबाट ४५ केजी लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला मनहरी–९ स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डबाट ४५ केजी गाँजासहित दुइजनालाई पक्राउ गरिएको हो ।

शंकास्पद रुपमा पिढ्युमा भारी बोकी आईरहेको अवस्थामा मकवानपुर राक्सिराङ गाउँपालिका वडा नंम्बर– २ बस्ने वर्ष ४२ को भक्त बहादुर थापा मगर र मनहरी गाउँपालिका वडा नंम्बर– ५ बस्ने वर्ष ४१ को हिरालाल गुरुङ्गलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।