हेटौंडा । हेटौंडाको औद्योगिक क्षेत्रमा रहेको बर्जर जोन्सन एण्ड निकोल्सनमा कार्यरत श्रमिकहरुले तलब, सेवा सुविधा वृद्धि गर्नुपर्ने माग राख्दै धर्ना दिएका छन् ।

विश्वरुप सेक्युरिटी सर्भिस प्राली मार्फत बर्जर जोन्सन एण्ड निकोल्सनमा कार्यरत १८ जना श्रमिकले उद्योग ब्यवस्थापनसंग पटक–पटक छलफल भएपनी माग कार्यान्वयन नभएको भन्दै आईतबार मुल गेट अगाडि धर्ना दिएका हुन् । सामुहिक रुपमा मागपत्र पेश गरेपनि श्रमिकको मागप्रति उद्योग ब्यवस्थापनले वेवास्ता गरेपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।