हेटौंडा मास्क नलगाइ हिँड्ने ५९ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले कार्वाही गरेको छ ।

जिल्ला प्रशासनको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले मास्क नलगाई हिंडडुल गर्ने ५९ जनालाई नियन्त्रणमा कार्वाहीे गरेको हो ।

प्रहरीले संक्रामक रोग ऐन, २०२० बमोजिम जनही एकसय रुपैयाँका दरले उनीहरुलाई कार्वाही स्वरुप जरिवाना गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सामाजिक दुरी कायम गर्न र अनिवार्य रुपमा माक्सको प्रयोग गर्न प्रशासनले सम्पूर्ण नागरिकहरुलाई आग्रह समेत गरेको छ ।