![](https://mail.anirudrakhabar.com/wp-content/uploads/2022/03/russia-ukraine-mn-1115.jpg)
![](https://mail.anirudrakhabar.com/wp-content/uploads/2022/03/russia-ukraine-mn-1115.jpg)
युक्रेनको सूमीमा भएको बमबारीमा ९ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएफपीले उद्धारकार्यमा संलग्न अधिकारीलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो ।
सूमीमा जारी हवाई बमबारीका कारण थुप्रै घर ध्वस्त भएका छन् भने एक भवनमा भयानक आगलागी भएको छ । यसै हमलामा ९ जनाको मृत्यु भएको छ जसमा दुई बच्चा पनि समावेश छन् । हमलामा एक महिला घाइते भएकी छिन् ।
सूमी त्यहि इलाका हो जहाँ करिब ७ सय भारतीय विद्यार्थी फसेका छन् । किभको पश्चिमस्थित ज्योतिमिरको चेरनियाखिवको एक तेल डिपोमा लागेको आगो मंगलबार बिहान निभाइएको छ । पूर्वी युक्रेनको खारकिभमा जारी रुसी हमलामा एक ९ तले भवनमा आगलागी भएको छ । यो आगो निभाउन करिब चार घण्टाभन्दा बढी समय लाग्यो । यस्तै, चार जनाको मृत्युको खबर पनि छ ।
रातोपार्टीबाट साभार
प्रतिक्रिया दिनुहोस्