आक्रा। गानाका राष्ट्रपति जोन ड्रमानी महामाले गाजामा जारी मानवीय संकटका पीडितहरूलाई सहयोग पुर्याउने उद्देश्यले ४० मेट्रिक टन राहत सामग्री हस्तान्तरण गरेका छन। उक्त सामग्रीमा गानामा उत्पादित कोको आधारित खाद्य वस्तुहरू रहेका छन्, जसले प्यालेस्टिनी जनताको भोकमरीबाट जोगिन सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
राष्ट्रपति महामाले भने , “यस सहयोगमार्फत गानाले विश्व शान्ति, मानवता र सहानुभूतिप्रतिको आफ्नो प्रतिवद्धता पुनः पुष्टि गरेको छ ।” उनले कोको गानाको एक महत्वपूर्ण प्राकृतिक स्रोत भएको र लाखौं गानाली किसानहरूको आर्थिक जीवनसँग प्रत्यक्ष सम्बन्धित रहेकोसमेत उल्लेख गरे। उनले गानाले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघका प्रस्तावअनुसारको इजरायल र प्यालेस्टाइनबीचको वार्तामार्फत शान्तिपूर्ण सहमतिलाई पूर्ण समर्थन गर्ने धारणा व्यक्त गरे।
सो अवसरमा गानामा नियुक्त प्यालेस्टिनी राजदूत अब्दलफताह अहमद खालिल अलसत्तारीले राष्ट्रपति महामाप्रति र गानाली जनताप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै यो सहयोग गाजाका जनताको लागि निकै महत्वपूर्ण भएको बताए । एजेन्सीकाे सहयाेगमा












प्रतिक्रिया दिनुहोस्