![](https://mail.anirudrakhabar.com/wp-content/uploads/2022/01/12821625_1132746773410759_7453904103105471680_n.jpg)
![](https://mail.anirudrakhabar.com/wp-content/uploads/2022/01/12821625_1132746773410759_7453904103105471680_n.jpg)
१. बाँच्नु र जन्मनुको पनि अर्थ हुनुपर्छ
भुईंमान्छेले पनि सगरमाथा छुनुपर्छ
ए ! गन्तव्यबिहिन मानवसागरहरु हो !
अहिंसा बुझेनौ भने बुद्धहरुले रुनुपर्छ ।
२. हिंसाको मात्रै प्रतिष्पर्धा छ सांझ बिहान
इन्द्रावती बन्दछ नयन, भिज्दछ सिरान
म बुद्धको देशमा जन्मेर मात्रै के अर्थ रह्यो ?
हिंसा रहेसम्म फोस्रो छ मेरो आत्मसम्मान ।
प्रतिक्रिया दिनुहोस्