तीन मुक्तक
१.
नदिको दुई किनार झै छ प्यार अरु के भनौं
अब आफ्नै भन्ने छैन अधिकार अरु के भन्यौ
म त श्मशान नजिकको एक्लो बगर न हुँ
तिमी स्वयं भगवानको उपहार अरु के भनौं

२.
भन्न त धेरैथोक भन्न मन छ भनियो
तिम्रै निम्ति बाँचेको जीवन छ भनियो
आज सम्बन्ध नदीको किनार झैं भएको छ
हिजो दुइ मुटुको एक धड्कन छ भनियो

३.
कोहि हैनौ र पनि आफ्नै सम्झिनु ठुलो कुरा हो
म ढुंगा थिएँ बरफ झै पग्लिनु ठुलो कुरा हो
तिमीले मुस्कुराउँदै अर्कैको हात समाउँदा
मैले हासेर बधाई छ, भन्दिनु ठुलो कुरा हो

गंगा सापकोटा (बगेकी गंगा)
थप जानकारी