हेटौंडामा गठबन्धनले विजय उत्सव मनाइरहँदा
एमाले एकतिर बाँकी सबै एकतिर भइरहँदा
कांग्रेसका कार्यकर्ता सच्चा सिपाही एमालेकाहरु झोले कहलाइरहँदा
माओवादीले कांग्रेसलाई जिताएर लाल किला तोडिरहदा
मलाई लाग्यो,
अब हेटौंडामा एमालेले कहिले नजितोस्
एमालेले ३० वर्षमा के गर्यो के गरेन सोच्न जरुरी छ
नगरेका काम दिन रात नभनी गर्न जरुरी छ
गरेका कामलाई स्याबासी दिन जरुरी छ
सर्वप्रथम चुनावमा फाटेको मनहरु जोड्न जरुरी छ
यति गर्नुहोस्
हेटौडमा गठबन्धनले जितिरहनेछ
केपी ओलीले केही गरेन देश डुबायो भनेर
आफ्नो सरकार बनाउनुभयो संसदमा मान्छे मान्छे गनेर
कति महिना वितिगयो देश बनाउने हामिलेनै हो भनेर
राम्रो काम गर्नुहोस् जनता बसेका छन् पाँच वर्ष उल्टो गनेर
नत्र सम्झनुहोस्
बालेन, गोपाल हमाल र हर्क सम्पाङहरू
हेटौंडामा भुखण्डिकरण तत्कालै रोक्नु पर्यो
पार्किङको मुख्य समस्या समाधान गर्नु पर्यो
सहरी बाटो फराकिलो पार्दै बाइपास बनाउन पर्यो
मायुरधपको औद्योकिक क्षेत्रलाई तत्कालै पहल गर्नु पर्यो
अनि मलाई लाग्नेछ
अब हेटौंडामा एमालेले कहिले नजितोस्
एमालेले यो यो गर्योरगरेन भनेर जुन सन्देश लिएर मत पाउनुभयो
फेरि पाँच वर्षपछि हामीले पनि त्यस्तै पो गरेछु भनेर थाहा पाउनुभयो
अथवा एमालेले गरेको जति पनि गरेन भनेर जनता फेरि जाग्नुभयो
हुनसक्छ प्रतिनिधिसभाको चुनावमा तपाईंलाई लौरो बजाउनुभयो
अनि मलाई लाग्नेछ
अब हेटौंडामा गठबंधन कहिले नजीतोस् ।।


विवेक आनन्द न्यौपाने 















प्रतिक्रिया दिनुहोस्