तिमि सोध्छौ कति छ झुकाव जिन्दगीको  ?
तिमी प्रति समर्पित छ लगाव जिन्दगीको।

कसम खाएपछि फेरि जहर खान नपरोस्,
एउटा प्रेम काँडा नहोस् गुलाब जिन्दगीको।

कहिले जोडेँ, घटाएँ कहिले, साझा लिई हेरेँ,
शुन्यता मै अल्झिरह्यो हिसाब जिन्दगीको।

कि त आऊ सिन्दुर लेख्न मेरो सिउँदो माथि,
कि अर्कैको हातमा पुग्छ किताब जिन्दगीको।

आज पनि आँशुसित गाँस मुछिन् आमाले,
कति लेखुँ एक शेरमा अभाव जिन्दगीको  ?
गंगा सापकोटा (बगेकी गंगा)
थप जानकारी