हेटौँडा । चेपाङ, बनकरिया तथा गाडी बोक्नेहरुको विषयमा आएका समाचारहरुको संग्रहलाई प्रस्तुत गरिएको मकवानपुका पत्रकार प्रताप विष्टद्वारा लिखित पुस्तक ‘छेलिएका अनुहार’ को आज हेटौँडामा विमोचन गरिएको छ ।

बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, हेटौंडा उपमहानगरका मेयर मिनाकुमारी लामा, सन्तोषी वनकरिया, कान्तिपुर दैनिकका सम्पादक उमेश चौहान,राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, वरिष्ठ साहित्यकार तुल्सी थापाले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हन्।

करिब ३ दशकबाट पत्रकारितामा सक्रिय विष्टले लोपन्मुख वनकरिया, चेपाङको विषयमा खोज तथा अनुसन्धनको क्षेत्रमा कलम चलाउँदै आएका छन् । विष्टले २०४९ साल फागुन १३ गतेदेखि निरन्तर कान्तिपुर दैनिकमा चेपाङ समुदायको र २०५२ सालबाट बनरिया जातीको समाचार लेख्दै आएको बिमोचन कार्यक्रममा जानकारी दिए । सांग्रिला प्रकाशले प्रकाशन गरेको पुस्तकले नेपालमा चेपाङ, बनकरियाको विषयमा अध्ययन तथा अनुसन्धान गर्नेहरुलाई सहयोग पुग्नेछ ।