हेटौंडा । गजल मञ्च मकवानपुरको आयोजनामा १९३ औं गजल यात्रा आज शनिवार हेटौंडामा भएको छ ।

कार्यक्रममा गजलकार यश लामाको विशेष गजल वाचन समेत गरिएको थियो । उनले दुई खण्डमा जम्मा ६ वटा गजल वाचन गरेका थिए । राजनीति बुझ्ने भएर पो हो कि प्रेमिकाले सँगै लिएर हिडौँ भन्छिन् मेरै प्रत्यासीलाई, लगायतका मनछुने गजल बाचन गरेका थिए ।

आख्यानकार निलम कार्की निहारिकाको प्रमुख आतिथ्यता तथा गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पण सुवेदीको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

साहित्य संगम मकवानपुरको सभाहलमा भएको कार्यक्रममा साहित्यकारहरु निमेष निखिल, दीपक गौतम, देवराज तिवारी, राजकुमार लामिछाने, आरसी रिजाल, देवराज तिवारी, छवि अनित्य, निजगढ नगरपालिकाकी उपमेयर सोममाया थिङ लगायतकाको सहभागिता रहेको थियो ।