बाबु !  तिमीले मेरो धोएको सारीमा माटो लायौ ?
मलाई मन परेन आमा ! जब तिमीले सेतो लायौ !

न वर्षा थामेको छ, न घामलाई नै छेक्छ यसले,
के ठानेर आमा ? घरमा आकाशको छानो लायौ ?

मैले दिएको फूल शिरमा सिउँरिँदै गर्दा पो देखेँ।।।
त्यो औँलामा भनन- औँठी कसको लायौ ?

न आँगनबाट बोलाउन सक्छु, न त नहेरी हिँड्न,
तिमीले त प्रेम पनि मसँग क्या।। अधुरो लायौ !

म पानी हूँ सागरसम्म पुग्ने चाह छ मेरो पनि,
म हिँड्दिन्ँ मलाई, तिमीले जुनजुन बाटो लायौ !

निरज दहाल
थप जानकारी