हेटौंडा । नेपाली सेनाको मध्य पृतना हेडक्वार, सुपारेटार ब्यारेकमा बिहीवार भएको “पृतनापति ट्रफी–२०८०” को उपाधि ७ नं. बाहिनीपति अन्र्तगतको गोरखबहादुर गणले जितेको छ । ६ नं. बाहिनीपति अन्र्तगतको शिवदललाई ७–३ गोल अन्तरले पराजित गर्दै गोरखबहादुर गणले जित हासिल गरेको हो ।

फाइनल खेलमा गोरखबहादुर गणका तर्फबाट शंकर क्पसाकीले ह्याट्रीक गोलगर्दै गणलाई बिजयी बनाउन योगदान गरे । उनले खेलको २५, २६ र ६२ औं मिनेटमा तीन गोल गर्न सफल भए । टीमलाई विजेता बनाउन खेलको १४ र ६९ मिनेटमा सुदिप देवकोटाले दुई गोल, ६ मिनेटमा कर्जन राई र २४ मिनेटमा चित्रबहादुर गुरुङ्गले एक-एक गोलको योगदान गरेर आफ्नो गणलाई विजयी बनाए ।

उपबिजेता बनेको शिवदल गणका तर्फबाट खेलको ३५ औं मिनेटमा बिशाल बस्नेत, ६० मिनेटमा मनिष गुरुङ्ग र ७८ मिनेटमा बिष्णु विकले एक-एक गोल गरे । पृतनापति ट्रफी २०८० मा सहभागी भई बिभिन्न खेलका बिजेता र उपबिजेता बन्नुभएका खेलाडिहरुलाई पृतनापति उपरथी प्रदीपजंग केसीले मेडल, प्रमाणपत्र हस्तान्तरण गर्दै आउँदा दिनहरुमा थप मेहनत र परिश्रम गरि नेपाली सेना र राष्ट्रका लागि किर्तिमान कायम गर्न प्रभावकारी तवरले कर्तव्य पथमा अगाडि बढ्न आग्रह गरे ।

समापन कार्यक्रममा पृतनापति, प्रमुख जिल्ला अधिकारी, ६ नं बाहिनीपति, ७ नं. बाहिनीपति, सुरक्षा निकायका प्रमुखहरु, गणपतिहरु, युनिटपति, सदस्य सचिव खेलकुद र संञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।