हेटौँडा । नयाँ वर्षको अवसरमा नेपाल तरुण दल हेटौँडा उपमहानगरपालिका–६ नं वडा समितिद्वारा आयोजित ५ किलोमिटर खुला दौड प्रतियोगितामा मकवानपुरको बकैया गाउँपालिकाका राजकुमार गोले प्रथम भएका छन ।

प्रतियोगितामा बकैयााकै अनिष थिङ दोस्रो र राक्सिराङका सुभाष हेमजंग तेस्रो भए । प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

महिला तर्फ हेटौँडा–१३ की साधना लोप्चन प्रथम, सोही स्थानकी गंगा मोक्तान द्वितीय र हेटौँडा–३ की स्वस्तिका थिङ तृतीय भए ।

नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामा प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा नेपाल तरुण दलका जिल्ला सदस्य राजकुमार बास्तोलाको सभापतित्व रहेको थियो ।

कार्यक्रममा हेटौँडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, वडा नं ७ का अध्यक्ष दामोदर गौतम, वडा नं १६ का अध्यक्ष रामकृष्ण कोइराला, वडा सदस्य विजय पौडेल, नेपाली कांग्रेस जिल्ला सचिव भीमसेन महत, पार्टी प्रवक्ता अर्जुनप्रसाद चौलागाईं, नगर सभापति उत्सव इटेनी, रानी सामुदायिक वनका अध्यक्ष केशव धिताल तथा प्रहरी चौकी चौघडाका इन्चार्ज बैजु सहनीलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा ४ जना महिलासहित ३० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । नेपाल तरुण दलले नयाँ वर्षको अवसरमा हरेक वर्ष खुला दौड प्रतियोगिता आयोजना गर्दै आएको छ ।

भीमसेन पौडेल
थप जानकारी