हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नं. १० मा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाश गाउँपालिका–१० पुरानो गाउँका ३५ वर्षीय प्रदिप वाईवा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर जनाएको छ ।

कैलाशको भाल्टारबाट भित्री सडक खण्ड हुँदै पुरानो गाउँतर्फ बिजुलीको पोल लिएर जाँदै गरेको बागमती प्रदेश ०३–००१ त ०४१९ नम्बरको ट्याक्टरको पछाडी टेलरमा सवार वाईवा एक्कासी खस्दा उनलाई ट्याक्टरको पछाडीको चक्काले किचेको थियो ।

बुधबार राति १ बजेको समयमा आफै चढेको ट्याक्टरबाट खसेका वाईवालाई ट्याक्टरको पछाडीको चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

कैलाश ९ मा रहेको अस्थाई प्रहरी पोष्टबाट गएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार पारी कानुनी प्रकृया अगाडी बढाएको प्रवक्ता भण्डारीले बताए । ट्याक्टरका चालक भिफेदी गाउँपालिका वडा नम्बर ९ बागमाराका ३३ वर्षीय बिरमान स्याङतानलाई नियन्त्रणमा लिएको र मृतक वाईवाको शव पोष्टमार्टमको लागी हेटौँडा अस्पतालमा राखिएको छ ।