हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं.४ मा रुखबाट लडेर एकजना घाइते भएका छन ।

जयसिङतालमा रुखबाट लडेर स्थानीय ८१ बर्षीय ईन्द्र बहादुर थिङ घाइते भएका हुन । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार थिङ आफ्नो घर नजिक कटमरेको रुखमा घाँस काट्न चढ्ने क्रममा लडेर ढाड र करङमा चोट लागेको छ ।

उनको पुरानो मेडिकल कलेज भरतपुर उपचार भइरहेको प्रहरीले जनाएको छ ।