हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं.३ स्थित वनमा मानव कंकाल भेटिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार बिहान गुफादेवि सामुदायिक बनमा मानव कंकाल भेटिएको हो ।

उक्त कंकाल राक्सिराङ–३ लावती वस्ने माइला प्रजाको छोरा वर्ष २५ को गोविन्द प्रजा रहेको प्रहरीको अनुमान छ । उनी गत फागुन ९ गतेदेखि बेपत्ता थिए । कंकालमा रहेको कपडाको आधारमा आफन्तले पहिचान गरेको प्रहरीको भनाई छ ।

घटनास्थलबाट कानुनी प्रक्रिया पुरा गरी कंकाललाई हेटौंडा अस्पताल ल्याईएको छ । उक्त कंकाल को कसको हो ? भन्ने कुरा डिएनए परिक्षण पश्चात मात्र एकिन गर्न सकिने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

घटनाको बारेमा अनुसन्धान पनि भइरहेको उनले बताए ।