हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं. ११ घट्टेपाखामा एक युवती मृत भेटिएकी छन् ।

घट्टेपाखा बस्ने अन्दाजी २२ वर्षीया अनिता वाईबा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएको बामगती प्रदेश प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार वाईबा घरको भर्याङमा नाम्लोको डोरी प्रयोग गरी झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।