हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा चट्याङ लागेर एक पुरुषको ज्यान गएको छ ।
बकैया–९ देउबुजेमा आइतबार अपराह्न मेघ गर्जन सहित परेको चट्याङ लागेर शिखरपुरका ३२ वर्षीय नविन मोक्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मोक्तानलाई घर बाहिर बसेको ठाउँमा चट्याङ लागेको थियो । उनको घट्ना स्थलमानै मृत्यु भएको प्ररीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्