हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं.४ मा भीरबाट लडेर घाइते भएका पुरुषको मृत्यु भएको छ ।

राक्सिराङ गाउँपालिका वडा नं.४ पञ्चमी बस्ने ४१ बर्षीय ईमान सिङ थिङको उपचारको क्रममा सरकारी अस्पताल भरतपुर चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार उनी मंगलबार गाऊबाट घर तर्फ आँउदै गर्दा अचानक बाटोमा लडेर थिङ घाईते भए । उनको सोही दिन उद्धार गरी उपचारका लागि सरकारी अस्पताल भरतपुरमा लागिएको थियो । उपचारको क्रममा बिहीवार मृत्यु भएको र शव मृतकको आफन्तले बुझिलिएको बताईएको छ ।