हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा टोल बिकास संस्थाका लागि आयोजना गरिएको ५ दिने आधारभुत तालिम सकिएको छ
बकैयामा रहेका टोल बिकास संस्थाका ६० जनालाई टोल बिकास संस्थाको काम, कर्तव्य र अधिकार बारे जानकारी गराउन तालिमको आयोजना गरिएको हो ।
तालिम समापन कार्यक्रममा बोल्दै बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले टोल बिकास संस्थाहरुलाई अझै प्रभावकारी ढङ्गबाट परिचालन गर्न सके समाजलाई अझै अगाडि लान सहज हुने अपेक्षा रहेको बताए ।
समापन कार्यक्रममा बकैया गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्री, बकैया गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनी, तालिमका संयोजक होमकुमारी सञ्जेल, बकैया गाउँपालिका ४ का वडा अध्यक्ष राजन दङ्गाल, बकैया गाउँपालिका ३ का वडाअध्यक्ष भुमलसिं घलान, नेपाली काँग्रेस बागमती प्रदेश कमिटी सदस्य रामशरण माझी लगायतकाको सहभागिता रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्