हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्री स्थानीय निकायको चुनावमा गरेको वाचा पुरा गर्दै बकैयावासीको सेवामा अहोरात्र खटिएका छन् । पुषको चिसोलाई समेत प्रवाह नगरि उनी बकैयावासीलाई परेको समस्या समाधान गर्न विहानदेखि बेलुका सम्म फिल्डमै खटिने गरेका हुन् ।
सडक संजालको विस्तार भएसंगै धरान–चतरा खडकखण्ड अन्तर्गत मकवानपुरको पूर्वी क्षेत्र बकैया सडक खण्डमा दिनहुँ जस्तो सवारी दुर्घटना हुन थालेपछि चिन्तित भएका उपाध्यक्ष खत्रीले बागमती गाउँपालिकासंग समन्वय गरेर सडक मर्मत समेत गराएका छन् । सवारी साधनको चाप र साँघुरो सडकका कारण सवारी दुर्घटना हुने तथा मानविय क्षतिको दर बढेसंगै पालिकाको तर्फबाट उनले सडक संजाल फराकिलो र विस्तारका लागि पहल गरेका थिए ।
बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बकैया–बागमतीमा पर्ने सडक फराकिलो पार्नका लागि आवश्यक मेसिनरी सहयोग उपलब्ध गराएका थिए भने बकैया गाउँपालिकाले बाटो मर्मत तथा फराकिलो पार्नका लागि अन्य आर्थिक सहयोग गरेको हो । दुबै पालिकाको सहयोगमा उच्च दुर्घटनाहुने स्थल बकैया गाउँपालिका वडा नं.५, तिनतल्ले खण्डको माथिल्लो भागको एक किलोमिटर बाटो मर्मत गरिएको उपाध्यक्ष खत्रीले जानकारी दिए ।
उनले हाल बकैयामा जग्गा बर्गीकरण, जग्गा नाप नक्सा, कृषिलाई प्राथमिकता, गरिवी न्यूनिकरण र आम जनतालाई परेको समस्या समाधानमा लागेको बताए । बकैयावासीको समृद्धिले नै बकैयाको भबिष्य निर्धारण गर्ने भएकाले पालिकालाई थप व्यवस्थित बनाउदै लैजाने उनले अनिरुद्र खबर संग कुराकानी गर्दै प्रतिक्रिया दिएका छन् । पर्यटनको अथाह संभावना बोकेको बकैयाको उत्तरी भागलाई कृषि तथा प्रकृति पर्यटनको गन्तव्य बनाउनेतर्फ आफू लागेको उनले बताए ।












प्रतिक्रिया दिनुहोस्