हेटौंडा । बकैया गाउँपालिका र बकैया जेसीजको संयुक्त आयोजनामा निःशुल्क आँखा परीक्षण सहित मोतियाबिन्दुको शल्यक्रिया शिवर सुरु भएको छ ।
बकैया आधारभूत अस्पताल गरगरेमा फागुन २ गतेदेखि ४ गतेसम्म शिविर संचालन भईरहेको कार्यक्रम संयोजक सुसिल घिमिरेले जानकारी दिए ।
नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र बकैया आधारभूत अस्पताल गरगरेको प्राविधिक सहयोगमा संचालन भएको शिविरका लागि बकैया गाउँपालिकाले आर्थिक सहयोग गरेको हो ।
शिविरको पहिलो दिन १ सय ८० जनाको आँखा परीक्षण गरिएको छ । जसमध्ये १० पुरुष र ४ महिला सहित १४ जना मोतियाबिन्दुको बिरामी फेला परेको बकैया जेसिसका संस्थापक अध्यक्ष रमेश फुँयालले जानकारी दिए ।












प्रतिक्रिया दिनुहोस्