काठमाण्डाै  ।  तनहुँ-१ मा भएको उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेको अग्रता बढ्दै गएको छ ।

पछिल्लो मतपरिणामअनुसार उनले ९ हजार १९८ मत ल्याउनुभएको छ । कांग्रेसका गोविन्द भट्टराईले ४ हजार २१३ र एमालेका सर्वेन्द्र खनालले २ हजार ४३० मत ल्याएका छन ।  जिल्ला समन्वय समितिको सभा हलमा दुई ठाउँमा मतगणना भैरहेको छ ।

हिजो भएको उपचुनावमा यस क्षेत्रमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।