हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति विष्णुप्रसाद लामिछानेले सम्हालेका छन् ।

नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानीयाँले बागमती प्रदेश सभापतिमा जित हाँसिल गरेर कार्यभार सम्हालेपछि खालि रहेको मकवानपुरको सभापतिमा लामिछानेले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका हुन् ।

जिम्मेवारी सम्माहे लगतै लामिछानेले स्थानीय तहको निर्वाचनअघि पार्टीको जिल्ला अधिवेशन नगर्न प्रस्ताव गरेका छन् । पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय निकायको चुनाव पछि मात्रै जिल्ला निर्वाचनमा जान सुझाव दिएका छन् । जिल्लाको निर्वाचन नभएसम्मको लागि उपसभापतिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हो ।