हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द) ले संगठन सुदृढीकरणका लागि सुरु गरेको तीन महिने विशेष रूपान्तरण अभियानका क्रममा नेता, कार्यकर्ता गाउँ–गाउँमा पुगेर श्रमदानमा जुटेका छन । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानअन्तर्गत मकवानपुरका १०२ वडाहरुमा श्रमदान, सरसफाई, पहिरो पन्छाउने, शहिद परिवार सम्मान र विकास निर्माण कार्यहरुमा जनतासँग जोडिनेगरी माओवादीका केन्द्रीय पदाधिकारीसहित जनतासँग जोडिनको लागि श्रमसँग जोडिएका हुन ।
अभियान अन्र्तगत बागमती गाउँपालिका—७ कमिटीले चौरा आधारभूत विद्यालयका विद्यालयको लागि खानेपानी इनार निर्माण तथा पाइप पुर्ने कार्य गर्नुको साथै तिर्थ कुमारी श्रेष्ठको खेतमा धान गोडेका छन भने अन्य वडाहरुमा कोदो रोप्ने, धान गोड्ने, मन्दिर र अन्य क्षेत्र सरसफाई गरिएको पार्टीका मकवानपुर संयोजक एबम् बागमती गाउँपालिका अध्यक्ष सर्केश घलाने जानकारी दिए ।
मनहरी–७ मा रहेको बुद्ध शान्ति हरित पार्क र राक्सिराङ–६ सिलिङगेमा रहेको राष्ट्रिय मावि परिसरमा सरसफाई गरिएको छ । नेकपा माओवादी केन्द्र मनहरी–७ वडा कमिटिको सक्रियतामा पर्यटकीय स्थलमा रुपमा निर्माण गरिएको पार्कको सरसफाई गरिएको हो । पार्क क्षेत्रमा रहेको झाडी फाड्नुको साथै, प्लास्टीक , बोत्तलको टुक्रा टाक्री लगाएतका अन्य फोहोरलाई संकलन गरि सफाई गरिएको थियो ।
भिमफेदी गाउँपालिकामा त्रिभुवन राजमार्गमा पहिरो पन्छाउने र वडाहरुमा अभियानको बिषयमा छलफल, कोदो गोड्ने, मकै गोड्ने काम गरिएको पालिका अध्यक्ष बद्री स्यान्तानले जानकारी दिए । त्यसैगरी राक्सिराङ् गाउँपालिका कमिटीले वडा ५ स्थित बिर्षे खोलामा आवातजावतमा बाधा पुगेको कारण ह्युमपाइप हालिएको पार्टीका पालिका ईचार्ज एबम् गाउँपालिका उपाध्यक्ष बनस्थम थिङले जानकारी दिए ।
अभियान अन्तर्गत मकवानपुरको बकैया गाउँपालिकामा श्रम शिविर, रजुवादेखि चिसापानीसम्म अबरुद्ध रहेको सडकखण्ड मर्मत तथा नाली सरसफाई, प्राकृतिक स्रोत साधनमा जनताको अग्राधिकार एवम् युरेनियम रक्षाको सवालमा अन्तरक्रिया गरिएको पार्टीका बकैया गाउँपालिका अध्यक्ष भक्तबहादुर खत्रीले जानकारी दिए ।
हेटाैडा–२ मा शहिद परिवारलाई सम्मान र ओम बृद्धाश्रमलाई नगद सहयोग गरेको छ । अभियान अन्र्तगत शहिद चिन्तामणी तिमल्सिनाको माता बालकुमारी र पिता ठाकुर प्रसाद तिमल्सिनालाई सम्मान र हेटौंडा–२ चौकीटोलमा रहको ओमलाई नगद पाँच हजार सहयोग गरिएको हो ।
थाहानगरपालिकामा माओबादी केन्द्रले बृद्धबृद्धाहरुलाई न्यानो कपडा, अन्तरक्र्रिया, जनताले चाहेको माओबादी रुपान्तरणको बिषयमा जनतालाई सोध्ने लगाएतका कार्यहरु गरेको माओबादी केन्द्र थाहा नगर अध्यक्ष बिनोद लामाले जानकारी दिए ।
गोरखापत्रबाट साभार












प्रतिक्रिया दिनुहोस्