हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं.७ मा नेपाली कांग्रेस विजयी भएको छ ।
हेटौंडा–७ को वडा अध्यक्षमा कांग्रेसका दामोदर गौतम विजयी भएका हुन । उनी १३९ मतान्तरले विजयी भएका छन् । उनले १४९० मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार राजन थापाले १३४९ मत ल्याएका छन् । हेटौंडा–७ मा २९४० मत खसेको थियो । हेटौंडा–७ मा गठबन्धनको प्यानल नै विजयी भएको छ ।












प्रतिक्रिया दिनुहोस्